नेपालमा स्थानीय प्रविधिमा आधारित सिंचाइको इतिहास निकै पुरानो छ । परम्परागत किसान व्यवस्थित सिंचाइ प्रणालीहरु विश्वस्तरमा नै उदाहरणीय मानिन्छन्। परापूर्वकाल देखि नै नेपाली किसानहरुले स्थानीय प्रविधिको उपयोग गर्दै खोला नदीमा बाँध निर्माण गरी कुलोको माध्यमद्वारा खेतबारीमा पानी पुर्याइ सिंचाइ गर्दै आएका छन् । सिंचाइ नीति,२०७० ले मुलुकका सम्पूर्ण कृषियोग्य भूमिमा कृषि उत्पादकत्वमा योगदान पुग्ने गरी बर्षैभरि दिगो एवं भरपर्दो सिंचाइ सुविधा पुर्याउने दृष्टिकोण राखेको छ। दिगो विकासका मुख्य १७ लक्ष्यमध्ये २०३० सम्म शून्य भोकमरी र गरिबीको अन्त्य गर्ने महत्त्वपूर्ण लक्ष्य छन् ।परम्परागत गुरुत्वाकर्षण ऊर्जामा आधारित प्रबिधि प्रयोग गरि पहाडका टार र तराईका धेरै जमिनमा सिंचाइ पुर्याउन सकिएको छैन ।सिंचाइ नीति र दिगो विकासका लक्ष्य हासिल गर्न परम्परागत प्रबिधिले सिंचाइ नपुगेको कृषि योग्य भूमिहरुमा बर्षैभरि दिगो एवं भरपर्दो सिंचाइ सुविधा पुर्याउन आवश्यक देखिन्छ । यसको लागि सिंचाइमा ऊर्जाको प्रयोग हुन जरुरी देखिन्छ ।प्रसारण लाईन पुगेको ठाउँमा जलविद्युत, घाम लाग्ने ठाउमा सौर्य ऊर्जा वा अन्य नवीकरणीय ऊर्जा प्रयोग गरि, थोरै पानीले धेरै उत्पादन हुने नविन सिंचाइ प्रबिधि प्रयोग गरि सिंचाइ सुवि थप पढ्नुहोस्